आइसोलेशनमा एक जनाको ज्यान गयो

admin

मोरङ, २० साउन : मोरङको कोशी अस्पताल आइसोलेशनमा एक जनाको ज्यान गएको छ । उदयपुरका ५५ वर्षका पुरुषको ज्यान गएको हो ।

स्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र रुघाखोकीको कारण विराटनगरको विराट नर्सिङ होम ल्याएकोमा त्यहाँबाट कोशी अस्पताल पठाइएका बिरामीको गएराति ज्यान गएको कोशी अस्पतालका डा. चुमनलाल दासले जानकारी दिएका छन् ।

मृतकको स्वाब सङ्कलन भएको र कोरोना परीक्षणको लागि पठाउने तयारी भइरहेको उनले बताए । सोमबार विराटनगर-५ का ७७ वर्षका पुरुषको कोरोनाको संक्रमणबाट ज्यान गएको थियो ।

प्रतिक्रिया