आजको मौसम : अधिकांश क्षेत्रमा मौसम बदली, वर्षाको सम्भावना

admin

काठमाडौं, ३१ वैशाख : आज देशका अधिकांश स्थानमा मौसम बदली रहने छ। यस्तै, केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। महाशाखाका अनुसार बाँकी भू-भागमा आंशिक बदली रहनेछ। यस्तै, पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेने मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका ेकही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशभरि पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भू-भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

प्रतिक्रिया