आज एक हजार बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ६ माघ : (आज) बिहीबार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।

(हिजो) बुधबार तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि बढेर तोलामा ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी बिहीबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया