आज एक हजार रुपैयाँ घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २० फागुन : बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । मूल्य घटेर बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा पुगेको मूल्य हिीबार फेरि घटेको हो ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८७ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबारका लागि भने तोलामा ८६ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको छ । यसैगरी बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी बिहीबार तोलामा ३० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको महासंघले जनाएको छ । कोरोनाको जोखिम पछि भएको लकडाउनका क्रममा तोलामा एक लाख रुपैयाँ कटेको सुनको मूल्य अहिले घट्न थालेको हो ।

प्रतिक्रिया