आज पाँच सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ७ असोज : सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा ९० हजार एक सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि पाँच सय रुपैयाँले नै घटेको छ । बिहीबार यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य पनि बिहीबार तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ५५ मा रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया