आहा रारा गोल्डकपको उपाधि संकटा क्लबलाई

admin

पोखरा : संकटा क्लबले १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो ।

उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो । खेलको निर्धारित समय र थप गरिएको ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा संकटाले बाजी मार्यो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे ।

प्रतिक्रिया