उच्च अदालतद्वारा पूर्वसभामुख महरालाई सफाइ

admin

काठमाडौं, १२ साउन : पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले यौ’न दु’र्व्यवहारको मुद्धामा सफाइ पाएका हुन् ।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो । पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौ’न दु’र्व्यवहार गरेको आरोप लागेपछि उनले २०७६ सालको असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

उनलाई थुनामा राखेर पनि अनुसन्धान गरिएकोमा २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो । फैसलाको पूर्णपाठ तयार नभएकाले के कस्तो आधारमा उनका बारेमा अदालतले निर्णय गर्‍यो भन्नेबारे खुलेको छैन । काठमाण्डौं तिनकुनेमा डेरा गरी बस्ने ‘नया बानेश्वर २६’ को कोठामा पुगेका महराले उनीमाथि यौ’न दु’र्व्यवहार गरेको र ब’ला’त्कारको प्रयास गरेको आरोप लगाइएको थियो ।

२०७६ साल असोज १२ गतेको घटनामा दुवै पक्षविच छिनाझम्टी हुदा महराको चस्मा खसेर फुटेको थियो । महराको चस्माको टुक्रा र खुट्टा ‘नया बानेश्वर २६’ को कोठामा छुटेको भन्दै प्रहरीले बरामदी मुचुल्का तयार पारेको थियो । यही आधारमा महराविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा चलेको थियो । पछि पिडित भनिएकी ‘नया बानेश्वर २६’ ले आफूमाथि कुनै दु’र्व्यवहार नभएको बयान दिएकी थिइन् ।

आफूमाथि दु’र्व्यवहार नभएको भन्ने पिडितको बकपत्र, ब’ला’त्कारको प्रयास नगरेको भन्ने महराको बयान र हस्तरेखा विश्लेषणका क्रममा पिडितको निवासमा भेटिएका सामानहरु महराले नै छाडेका हुन् भन्ने पुष्टि नभएको भन्ने विशेषज्ञको रायका आधारमा जिल्ला अदालतले सफाई दिएको थियो । त्यो फैसलामा चित्त नबुझाई सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । त्यही मुद्दाको फैसलामा पाटनले पनि जिल्लाको फैसला सदर गरेको हो ।

प्रतिक्रिया