एसईईको नतिजा साउन १५ भित्र आउने

admin

काठमाडौं, २९ असार : राष्ट्रिय परिक्षा बोर्डले साउन १५ भित्रमा एसईईको नतिजा प्रकाशन गर्ने भएको छ ।

परिक्षा बोर्डका अनुसार आगामी साउन १५ भित्रमा एसईईको नतिजा प्रकाशन गर्न लागिएको हो । बोर्डले हालसम्म ३ लाख विद्यार्थीको परिक्षाफल इन्ट्री गरिसकिएको बताएको छ ।

बोर्डका अनुसार विद्यालयले जिल्ला शिक्षा समन्वय इकाइमा पठाएको नम्बर जिल्ला जिल्लाबाट इन्ट्री भइरहेको छ ।

हालसम्म ३ लाख इन्ट्री भइसक्दा ३० प्रतिशत नम्बर बाँकी रहेको बोर्डले जनाएको छ । देशभरबाट कुल ४ लाख ७२ हजार ७ सय ७ जनाले एसईई दिनेवाला थिए ।

यस वर्ष कोरोना संक्रमणका कारण एसईई स्थगीत भएको हो ।  स्थगीत भएसँगै अहिले विद्यालयको मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।

प्रतिक्रिया