काठमाडौंमा ५ सहित १०८ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २५ असार : बिहीबार थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको छ।

नयाँ संक्रमित मध्ये काठमाडौंका ५ जना सहित १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी बितेको २४ घण्टामा थप १३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ ।

बितेको २४ घण्टामा २५ प्रयोगशालाबाट थप ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ । क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने आइसोलेशनमा ८ हजार ६०५ रहेका छन् ।

प्रतिक्रिया