काभ्रेका ३ स्थानीय तहमा माघे संक्रान्ति दिन सार्वजनिक विदा

admin

धुलिखेल, २८ पुसः काभ्रेका विभिन्न स्थानीय तहले माघे संक्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन । जिल्लाको पाँचखाल नगरपालिका, महाभारत र रोशी गाउँपालिकाले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेका हुन ।

अन्य स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय नगरेपछि कर्मचारी भने बिदा लिएर हिडिसकेका छन ।

जिल्लाको खानी खोला गाउँपालिकाले सार्वजनिक विदा दिएको छैन तर कर्मचारी बिदा लिएर हिडिसेका छन । गाउँसभा र नगरसभा सकिसकेका स्थानीय तहका कर्मचारीहरु पनि बिदामा बसेका छन । १ गते पालिका भित्रका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा बिदा हुनेछ । काभ्रेमा १३ वटा स्थानीय तह छन ।

प्रतिक्रिया