काभ्रेको बनेपामा प्रेसर कुकर ब’म फेला

admin

काभ्रे : अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपा बुडोलमा प्रेसर कुकर बम सेनाले डिस्पोज गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्र खत्रीका अनुसार बाटोमा अ’ज्ञात समुहले राखिएको शं’कास्पद वस्तु देखेपछि डिस्पोज गर्नको लागि नेपाल आर्मीको टोलीलाई बोलाइएको थियो।

अनुसन्धानको क्रममा शं’कास्पद वस्तु प्रेसर कुकर ब’म रहेको पाइएपछि डिस्पोजल टोलीले त्यसलाई डिस्पोज गरेको उनले बताए।

सडकमा बम राख्ने समूहको खोजी कार्य तीव्र पारिएको प्र’हरी उनले बताए। यता गएराति रोसी गाउँपालिकास्थित नार्के पुलमा पनि अज्ञात व्यक्तिले ब’म पड्काएको आवाज आएको एसपी खत्रीले बताए।

शं’कास्पद वस्तु देखेपछि बिहान ५ बजेदेखि राजमार्ग अ’वरुद्ध रहेको छ। राजमार्गमा बम रहेको हल्लासँगै काभ्रे हुँदै पुर्व हिड्ने यात्रुहरु बनेपामै रोकिएका थिए। अहिले रोकिएका सवारी साधन चल्न सुरु गरिसकेका छन् ।

प्रतिक्रिया