किन बन्द भयो चर्चित सिरियल ‘जुठे’ ?

admin

काठमाडौं, ३ असार : हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित टेलिसिरियल ‘जुठे’ बन्द भएको छ । निषेधाज्ञामा चल्दै आएको उक्त सिरियल (हिजो) बुधबारबाट बन्द भएको हो । सिरियल बुधबारबाट बन्द भएको निर्देशक मरिच मान श्रेष्ठ ‘बल्छी धुर्बे’ले बताएका छन् ।

‘सिरियलमा उठाएको बिषयमा केही व्यक्तिले विवाद पनि गरेका छन्’ श्रेष्ठले भने ‘विवाद पनि र छायाँकन असम्भव भएको कारण अहिलेलाई ‘जुठे’ रोकेका छौ ।’ निषेधाज्ञा खुलेपनि विवाद समाधान गरेर फेरि ‘जुठे’ सुरु गर्ने श्रेष्ठको भनाई रहेको छ ।

राजु पौडेल ‘मास्टर’ र श्रेष्ठको संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिच मान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहदै आएको छ ।

योगेश काजीको संगीत रहेको श्रृखंला राहुल राई र घनश्याम पोखरेलले छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् । सिरियलले धेरै पहिलेको सामाजिक घटना कथाको रुपमा प्रस्तुत गर्दै आएको छ ।

प्रतिक्रिया