किसानलाई अनुदानमा आलुको बीउ

शर्मिला गुरुङ

कञ्चनपुर, ३ मङ्सिर  :  किसालाई व्यावसायिक खेतीतर्फ डो¥याउने उद्देश्यले बेलौरी नगरपालिकाले उन्नत जातको ८० मेट्रिक टन आलुको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । नगरपालिका क्षेत्रका २०५ कृषक समूहका पाँच हजार १२५ किसानलाई बीउ वितरण गरिएको हो ।

कृषि शाखाका प्रमुख रणबहादुर मल्लका अनुसार प्रतिकिलो रु ५० पर्ने आलुको बीउ किसानलाई रु २५ मा उपलब्ध गराइएको हो । बीउ खरीदका लागि कृषि शाखा र किसानको रु १०÷१० लाख खर्च भएको छ । किसानलाई तरकारी लगाउन, हेरचाह गर्न, गोडमेल गर्न, रोग किरा व्यवस्थापन गर्न तथा भण्डारण गर्ने तरीकाबारे किसानलाई तालीमसमेत प्रदान गरिएको छ ।

यसैगरी कृषि शाखाले नगरपालिका क्षेत्रका तीन सहकारीलाई ५० प्रतिशत अनुदानमा गहुँको मूल बीउ तथा २०८ कृषक समूहलाई व्यावसायिक च्याउखेती गर्न ५० प्रतिशत अनुदानमा १० क्विन्टल बीउ उपलब्ध गराएको छ । रासस

प्रतिक्रिया