कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गरिन्छ : प्रधानमन्त्री ओली

राष्ट्रिय समाचार समिति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिएका छन्। यसका लागि समूह तयार पारिसकेको उनले बताए।

सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुवात भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेकोबताए।

उनले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन्।

प्रतिक्रिया