कोरोना भाइरस : पानीजहाजमा यात्रा गरेका दुई जनाको ज्यान गयो

admin

काठमाडौं, ८ फागुन : कोरोना भाइरसको संक्रमण देखिएपछि समुन्द्रको तटमा राखिएको एउटा पानी जहाजका दुई जना यात्रुको ज्यान गएको छ ।

६ सयभन्दा धेरै यात्रुमा कोरोना भाइरसबाट संक्रमित २ जना जापानी नागरिकको ज्यान गएको बीबीसीले जनाएको छ । पानीजहाजमा भएका ३७ सय यात्रुमध्ये झण्डै ६ सय २१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

चीनको हुवेइ प्रान्तमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो हप्ता दैनिक १ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिँदै आएकोमा बुधबार भने जम्मा साढे ३ सय मात्रै संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया