खुर्पाको उल्टोबाट हानेको भएर बाँचे नत्र मेरो पनि एउटै चिहान हुन्थ्यो : फुपु (भिडियो)

मनिषा थापा

पिएनपिखबर : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीस्थित थिङ्ग गाउँमा श्रीमतीले आफ्नै ६५ वर्षीय श्रीमान सुकराम तामाङको हत्या गरेकी छिन्। ५५ वर्षीया लालीमाया तामाङले मादक पदार्थको नशामा लिप्त भएर श्रीमानलाई खुर्पा प्रहार गरी हत्या गरेकी हुन्।

गत शनिबार दिउँसो करिब पौने तिन बजेतिर उक्त घट्ना घटेको थियो। लालीमायाले शुरुमा खुर्पाले सुकरामको खुट्टामा प्रहार गरिकी थिइन्। चोट लागे पछि घाइते भएका सुकरामलाई लालिमायाले अन्य धारिलो हतियार समेत प्रहार गरेकी थिइन्।

लीलामायाले श्रीमानको त ज्यान नै लिइन् ७६ वर्षिया वृद्धा फुपुलाई समेत् छाडीनन्। लालीमाया र सुकरामको झगडा छुट्टाउन जाँदा सुकरामकी फुपूदिदी समेत् घाइते भएकी छिन्। उनको खुट्टामा गहिरो चोट लागेको कारण टाँका लगाइएको छ। 

गत शनिबार लिलामाया र सुकुराम झगडा हुनु अघि उनी सुतिरहेकी थिइन्। उनी झगडा सुन्ने पछि छुट्टाउन गईन। कान्छी माया भन्छिन, ‘घटना हुने दिन घरको माहोल शान्त थियो पछि अचानक त्यस्तो घटना हुन पुग्यो। मलाई पनि बुहारीले खुर्पाको उल्टो पट्टिबाट पिटिन नत्र मलाई पनि मार्थिन। खुर्पाले गर्दन, हात र खुट्टामा हानिन्।’

मृतककी फुपू कान्छी माया तामाङको अनुसार, उनीहरुको सधै झगडा हुने गर्थ्यो। लालिमाया मादक पदार्थ सेवन गरेपछि श्रीमानलाई अनेक गालि गलौच गरी हात हाल्ने गर्थिन जसकारण उनीहरु छुट्टाछुट्टै भान्छा गरेको नै २० वर्ष नाघिसक्यो।

लीलामाया र सुकुरामका ६ छोरा ३ छोरीको छिन्। लिलामायाले प्राय मादक पदार्थ सेवन गरी श्रीमानलाई कुट्ने पिट्ने र बालबच्चालाई पनि अनेक गाली गर्ने गर्थिन। खुर्पा प्रहार गर्ने लालीमाया तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू