खेर नफाल्नुहोस अण्डा उसिनेको पानी यस्ता छन् आश्चर्यजनक फाइदा !

रिता घिसिंग

एजेन्सी : अण्डा हाम्रो स्वास्थका लागी आवश्यक खानेकुरा हो । प्रोटिनले भरिपूर्ण अन्डा स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै जरुरी हुन्छ । त्यस्तै अचम्म के छ भने अण्डा उसिनेको पानी बोट बिरुवाको लागी पनि उत्तिकै राम्रो हुन्छ । अण्डा उसिनेपछि रहेको पानी फाल्ने गर्छौ । तर, तपाईलाई थाहा नहुन सक्छ, अण्डा उसिनेपछि उब्रिएको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुन्छ ।

यस्तो पानीले विरुवालाई धेरै फाइदा पुर्याउछ । घर वा अपार्टमेन्टमा राख्नुभएको ‘मनी प्लान्ट’ले सिधा घामको किरण लिन पाउँदैन । यस्तो अवस्थामा आफ्नो अपार्टमेन्ट वा घरको ‘प्लान्ट’मा अण्डा उमालेर बाँकी रहेको पानी हालिदिएमा बिरुवा चाडै बढ्छ । त्यस्तै यसको पानीले बिरुवाको जरा बलियो बनाउछ ।अण्डा उसिनेको पानीमा अग्र्यानिक क्याल्सियम हुन्छ, जसले विरुवाको जरालाई बलियो बनाउँछ ।

जब अण्डा उसिन्छौ, अण्डाले पानीमा मिनरल्स छोड्छ । यो मिनरल्सले विरुवामा राम्रो मल बनाउँने काम गर्छ । त्यसै गरी यस पानीलाई विरुवामा हालेमा विरुवाको ओषधिको काम गर्छ । विभिन्न खाले रसायनिक मलको प्रयोग गर्नुभन्दा यस पानीको प्रयोग गर्न सकिन्छ । यद्यपी, यस्तो पानी सेलाएपछि मात्रै ‘प्लान्ट’ वा विरुवामा हाल्नुपर्छ । महिनाको एक पटक अण्डा उमालेको पानीलाई यसरी प्रयोग गरिएमा विरुवा चाँडै बढ्छ ।

प्रतिक्रिया