गाउँपालिकाका हाकिमलाइ फोनबाट धम्काएर १५ लाख माग्ने कार्यालय सहयोगी पक्राउ

admin

काठमाडौं, असार २ : बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवलाई धम्काएर १५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा सोही कार्यालयका सहयोगीलाई प्र हरीले प क्राउ गरेको छ। प्रहरीले कार्यालय सहयोगी मुकेशप्रसाद यादवलाई प क्राउ गरेको हो।

उनले अपरचित एनसेल नम्बरबाट श्रीवास्तवलाई पटक–पटक फोन तथा एसएमएस गरेर रकम मागेको प्र हरीले जनाएको छ। जिल्ला प्र हरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार यादवले फोनमा रकम नदिए गो ली प्र हारगर्ने ध म्की दिएका थिए।

यादवले धम्की दिएको अडियो सहित प्रहरीमा उजुरी परेको डीएसपी मिश्रले बताए। यादव बि रुद्ध आपराधिक लाभ मुद्दामा म्याद थप भएको प्र हरीले जनाएको छ।

गाउँपालिका स्रोतका अनुसार प्रमुख प्रशासकिय अधिकृतले आर्थिक हिनामिना गरेको जानकारी राखेका यादवले सोही रकमका बिषयमा जानकारी पाएपछि श्रीवास्तवलाई धम्काउन थालेका थिए।

प्रतिक्रिया