गाउमा पहिलो पटक पक्की सडक बनेपछि चप्पल खोलेर हिडे जनता

रिता घिसिंग

पिएनपिखबर : अहिले समाजिक संजालमा एक तस्बिर भाइरल भैरहेको छ। यस तस्बिरलाई फेसबुक र ट्विटर दुवैमा शेयर भैरहेको छ। तस्बिरमा एक सडकको छेउमा चप्पल लस्करै राखिएको छ र सडकमा बच्चाहरु पनि खेलिरहेको देखिन्छ। यो तस्बिरलाई ओडिशाको एक गाउको भनिएको छ। दाबी गरिएको छ कि यहाँ ७० बर्षपछि पहिलो पटक सडक बनाएको हो। त्यसैले सम्मान स्वरुप चप्पल खोलेर सडकमा हिडेका हुन्।

यो तस्बिरलाई इन्डियाको भन्दै शेयर गरिए पनि वास्तवमा यो तस्बिर इन्डोनेशियाको हो। गाउमा पहिलो पटक पक्कि सडक आएका कारण बच्चाहरु यस्तो खुसि भए की उनीहरुले चप्पल पनि उतारेका छन्।

 

प्रतिक्रिया