घर बिग्रन्छ !- गजल

admin

 

सबै मान्छेले बिर्सन्छन् आफ्नै घर पनि
हो एक जादुकर रहेछ नारीको अधर पनि

हजारौं को भिडमा सानले बोल्छ पुरुष
श्रीमती सामु झुक्छ श्रीमानको नजर पनि

तँ छोरा मान्छे होस् जागिर छैन भन्यो
खै के के हेर्छ यार नालायक शहर पनि

जसले हिड्न सिकायो उसैले पछारिदिन्छ
हजुर आफै हिड्न सिक्नुस् बाँकी सफर पनि

सौगात रिजाल
भुमेस्थान ६

प्रतिक्रिया

सम्बन्धित समाचारहरू