चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको नि’धन

admin

काठमाण्डाै : अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको नि’धन भएको छ । ८७ वर्षका ल्यारी किङको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा आज नि’धन भएको बीबीसीले जनाएको छ ।

उहाँमा कोरोना सङ्क्रमण भएको खबरमा उल्लेख छ । ल्यारी किङले आफ्नो छ दशकको व्यवसायीक जीवनमा प्रतिनीधित्व गरेका अमेरिकाका सबै राष्ट्रपतिहरू सहित हलिउड कलाकारहरू र खेलकुदका प्रतिभाहरूको गरी ५० हजार भन्दा अन्तरवार्ता लिनुभएको थियो ।

ल्यारी किङले लगातार २५ वर्ष सीएनएनमा प्रत्यक्ष कुराकानी हुने कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सबैजसो अन्तरवार्तामा सकरात्मक चर्चा पाउने किङले तीन वर्ष अघि एउटा अन्तरवार्तामा आफू सँधै जवाफ सुन्नेँ, सधैँ सिक्ने र हरेक दिन सिक्दै राम्रो गर्ने गरेका कारण व्यवसायिक सफलता पाएको बताउनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया