चलचित्र ‘रुमालै छ चिनो’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौ : फिल्म ‘रुमालै छ चिनो’को पहिलो गीत सामाजिक सञ्जाल यूट्युबमार्फत सार्वजनिक गरिएको छ । एक समय निकै चर्चामा रहेको लोक गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण भएको यस फिल्मको ’ए माया…’ गीतमा अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर छ ।

गीतमा शब्द र संगीत पनि अर्जुन पोखरेलकै रहेको छ । गीतको भिडियोमा नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड भएका छन् । गीतमा उनीहरुलाई डान्सिग र रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्साना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ज्योती फिल्मसको ब्यानरमा बनेको यस फिल्ममा चन्द्र ब. खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । यस फिल्मलाई निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया