चाैदण्डीगढीकाे पाेस्टमा एपीएफकाे १४ गाेल, सावित्रा एक्लैकाे आठ गाेल

admin

काठमाडौं, माघ २६ : राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले अपराजित यात्रा कायमै राखेको छ । एन्फा कम्प्लेक्सकाे मैदानमा भएकाे खेलमा एपीएफले साेमवार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई चाैध–शून्य गोलले हराएको छ ।

एपीएफका लागि सावित्रा भण्डारीले आठ गोल गरिन् । सावित्राले खेलकाे चाैथाे, १८ औँ, ३६ औँ, ४३ औँ, ५३ औँ, ५६ औँ, ७२ औँ र ८७ औँ मिनेटमा गाेल गरिन् । यस्तै अनिता केसीले २४ औँ र ४० औँ, अनिता बस्नेतले पहिलाे हाफकाे थपिएकाे समयमा र ६४ औँ मिनेटमा तथा अनु लामाले ७६ औँ र रविना गोलेले ७९ औँ मिनेटमा गाेल गरिन् ।

याे जितसँगै शीर्ष स्थानमा रहेको एपीएफको २१ अङ्क भएको छ । चौदण्डीगढीले अहिलेसम्म एउटा खेल पनि जित्न सकेको छैन । प्रतियोगितामा मङ्गलवार त्रिभुवन आर्मी र वालिङ नगरपालिका तथा नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका खेल्नेछन् ।

प्रतिक्रिया