चौकुने गाउँपालिकामा १९४ जना भारतबाट आएकाहरुको र्‍यापिड टेस्ट नेगेटिभ

खगेन्द्र हमाल

सुर्खेत,४ बैशाख : कर्णाली प्रदेशको स्थानीय तह चौकुने गाउँपालिकामा भारतबाट आएका ४२१ जना मध्ये १९४ जनाको आरडिटी गरिएको छ। चौकुने गाउँपालिकाको वडा नं. ६, ७, ८ गुटुमा ८६ जना घाट्गाउ ९ र १० मा ६३ जना र बिजौरामा ४५ जनाको आरडिटी गरिएको हो ।

आरडिटी गरिएका १९४ जनाकै रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिनु भयो ।

जन स्वास्थ्य सेवा कार्यलय सुर्खेतको सहयोगमा गुटुको जीवन ज्योति माबी, घाटगाउको स्वास्थ्य चौकी र बिजौरा स्वास्थ्य चौकीमा आरडिटी गरिएको हो । जस मध्ये ७ जनाको स्वाव संकलन पनि गरिएको छ । चौकुने गाउँपालिकाको लगाम र बेतानमा भने दोस्रो चरणमा आरडिटी गरिने छ ।

आरडिटी गरेको ठाँउहरुमा चौकुने गाउँपालिका अध्यक्ष धिर बहादुर शाही, उपाध्यक्ष निर्मला मगर , प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेल, युवा नेता गोरख शाही , लालमणि धमाला लगाएतले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको यस भयावह स्थितिमा चौकुनेवासी नागरिकहरुलाई अति आवश्यक काम बाहेक घर बाहिर हिड्डुल नगर्न र यस कोरोना भाईरस संग सम्बन्धित कुनैपनी लक्षण देखापरेमा तुरुन्तै स्वास्थ्यसस्थामा गएर आफ्नो स्वास्थ्य परिक्षण गर्न जानकारी दिएको बताउनुभयो ।

प्रतिक्रिया