छोरा नजन्माएको कारण कविताको हत्या भएको हुनसक्छ : मृतकका बाबु

मनिषा थापा

पिएनपिखबर : बनेपा नगरपालिका वडा नं. ६ स्थित बुडवलमा एक महिला मृत अवस्थामा फेला परिन। मङ्सिर १२ गते आफ्नै घरको कौशीमा पासो लगाएको अवस्थामा कविता कार्कीको शव फेला परेको थियो।

मृतक कविता कार्कीको माइतीपक्षले कबिताको आत्माहत्या नभई हत्या भएको आरोप लगाईरहेका छन भने कविताका घरका सदस्यले भने आत्माहत्या नै भएको दावी गर्दै आएका छन्। घटनाको प्रकृति हेर्दा आत्माहत्या भएको हुन् नसक्ने मृतकका बाबु बताउँछन्। मृतकका बाबुले भने, ‘घटनाको प्रकृति हेर्दा छोरीको शव नजिकैको मुढा ढलेको छैन न चप्पल नै खसेको थियो। पासो पनि डबल लगाइएको रहेछ। च्यापुमा घाउ पनि भएको देख्दा उनलाई झुण्डाएर त्यहाँ राखेको शंका हामीलाई छ।’

उनले अघि भने, ‘नसोचेको घटना घट्यो, मेरो छोरीले दुखपिडा सहेर बसेकी हार नखाने खालकी थिइन। पहिला देखि नै छोरा नजन्माएको भन्दै यातना दिने गरेको कविताले बताएकी थिइन। हामीले सम्झाएका थियौ। केहि महिना अघि पनि गर्वमा छोरी रहेकोले क्युरेड गराएको हल्ला पनि छ। ज्वाईको परस्त्रीसँग सम्बन्ध रहेको पनि खुल्न आएको छ तर प्रमाणित नभएसम्म केहि भन्न मिल्दैन।’

मृतकको शव पोस्टमार्टमको लागि टिचिङ्ग अस्पतालमा राखिएको छ भने उनको श्रीमानलाई प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेको छ।

मृतकका परिवारले माइतीपक्षलाई खबर नै नगरी प्रहरीलाई बोलाउने देखि पोस्टमार्टमसम्म हत्तारहत्तार गर्न खोजिएको कारण हत्या भएको आशंका माइतीपक्षको रहेको छ। माइतीपक्षले पोस्टमार्टमको लिखित रिपोर्ट नआएसम्म शव जलाउन नदिने भने पछि मृतक परिवार र माइतीपक्षबीच विवाद चुलिँदै गएको छ।

घटनाको सत्यतथ्य बुझ्न विहिबार जाँदा बनेपा नगरपालिका वडा न ६ का वडा अध्यक्ष सचिन्दानन्द केसीले पत्रकारमाथि दुर्व्यवहार गरेका छन्। उनले आफैले केहि पत्रकारको माइक र क्यामरा तोडफोड गरेका छन्। उनको नेतृत्वमा भएको आक्रमणमा परि केहि पत्रकारलाई चोटपटक समेत् लागेको थियो। त्यति मात्र नभई मृतक कविता कार्कीको माइतीपक्षलाई समेत् कुटपिट गरेको जानकारी छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू