जनैपूर्णिमाको दिन सार्वजनिक बिदा

राष्ट्रिय समाचार समिति

सिन्धुपाल्चोक, २८ साउन: पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको ६५औं कार्यपालिकाको बैठकले साउन ३० गते रक्षा बन्धन र जनैपूणिर्मा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जनैपूर्णिमा पर्वका अवसरमा गाउँपालिकामा रहेका ऐतिहासिक तीर्थस्थलहरु पाचँपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको अध्यक्ष टासी लामाले बताउनुभयो।

प्रतिक्रिया