जापानले हस्तान्तरण गर्‍यो वीपी राजमार्ग

admin

काठमाडौं, १५ माघ : जापान सरकारले निर्माण गरेको वीपी राजमार्ग पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भर्चुअल कार्यक्रममार्फत जापानले वीपी राजमार्ग नेपाललाई हस्तान्तरण गरेको हो ।

काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने एक सय ६० किलोमिटर लामो वीपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरि नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ बैशाख १२ गते गएको भूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो ।

भूकम्पपछिको पुनर्निर्माण पनि जापानले नै जिम्मा लिएको थियो । पुनर्निर्माणमा गिट्टी, बालुवाबाहेक धेरैजसो निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो । कार्यक्रममा मन्त्री वसन्तकुमार नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको भन्दै प्रशंसा गरेका छन् ।

प्रतिक्रिया