ट्रयाक्टर दुर्घटना, एक युवकको मृ’त्यु

राष्ट्रिय समाचार समिति

परासी, २४ असार : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सदरमुकाम परासीमा आज भएको ट्रयाक्टर दु’र्घट’नामा परी एक युवकको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा भारत घर भई हाल पाल्ही टे«र्डस परासीमा कार्र्यरत २५ वर्षीय अङ्गद कुर्मी छन् ।

रामग्राम–४ स्थित परासी–महेशपुर सडकखण्डको क्याम्पस चोकमा परासीबाट महेशपुरतर्फ फलामको रड लिएर जाँदै गरेको लु २ त २४६८ नंको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरमा सवार कुर्मीको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । ट्रयाक्टर र चालकलाई प्र’हरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया