८० पुर्‍याए डा. डीआर उपाध्यायले विश्व कीर्तिमानको सूची

admin

काठमाडौं, २७ मंसिर : गीतकार डा. डीआर उपाध्यायले ८० विश्व कीर्तिमान कायम गरेका छन् । उनले गत बिहीबार २१ विश्व कीर्तिमान थप्दै कीर्तिमानको सूची ८० पुर्‍याएका हुन् ।

गत बिहीबार राजधानीमा आयोजित एक विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठ लगायतले संयुक्त रुपमा उनलाई २१ विश्व रकर्ड प्रदान गरेका थिए ।

यस अगाडि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गरिसकेका छन् । देशका लागि आफूले यो सबै गरेको बताएका उपाध्यायले चाडै नै एकसय रेकर्ड पुर्याउने लक्ष्य लिएर आफू अगाडि बढिरहेको बताएका छन् ।

डा. उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, एसियन वल्र्ड रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, वल्र्ड ट्यालेन्ट बुक, एभरेष्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, द व्रिटिस वल्र्ड रेकर्ड जस्ता दश संस्था बाट २१ विधामा एकसाथ रेकर्ड बनाएका हुन् ।

उनले रेकर्ड बनाएको २१ विधामा संगीतका विभिन्न तालहरू (क्लासिकल बिट) सम्बन्धी गीत, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता, जनावरहरुको नाम समेटिएको गीति कविता, प्रत्येक एक बारमा आधा आधा कर्ड समेटिएको गीत, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नारीहरूको नाम समेटिएको गीति कविता, विश्व सम्पदाहरूको नाम समेटिएको गीति कविता, विश्व प्रख्यात केकहरूको नाम समावेश गरिएको गीति कविता, विश्वका पुराना मन्दिरहरूको नाम समावेश गरिएको गीति कविता, प्लेकार्ड साइजमा सय भन्दा बढी आफ्ना गीत प्रिन्टलगायतका रहेका छन् । डा. उपाध्याका २५ गीती एल्वम, १२ उपन्यासका साथै तीन गीति पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया