डेङ्गुको विरुद्ध अभियान चलाउन निर्देशन

राष्ट्रिय समाचार समिति

अत्तरिया, २५ भदौ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डेङ््गु रोग फैलिन नदिन यस विरुद्ध अभियान चलाउन स्वास्थ्यकर्मी र सरोकारवालाई आज निर्देशन दिनुभएको छ । आज धनगढीमा भएको डेङ्गु रोग नियन्त्रण सम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्री भट्टले उक्त रोगको रोकथामका लागि अपनाउनुपर्ने सबै उपायहरु कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिनुभयो ।



बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले डेङ्गु रोगका बिरामीको मन्त्रालयले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो ।
बैठकमा सामाजिक विकास मन्त्रालय र अन्तर्गतका स्वास्थ्य निकायका प्रमुख एवं स्वास्थ्यकर्मीको समेत सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशमा आजसम्म डेङ्गु रोगबाट पीडित २८जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यो रोगबाट सङ्क्रमित डोटीका एक जनाको मृत्यु भएको छ ।

लामखट्टेको टोकाइबाट यो रोग लाग्ने भएकोले सो रोगको रोकथामका लागि लामखुट्टेको प्रकोप रहनसक्ने सम्भाव्य ठाउँमा आजैदेखि विषादी छर्किने कार्यका साथै व्यापक रुपमा जनचेतना अभियान थालिएको मन्त्री सुवेदीले राससलाई बताउनुभयो ।

प्रतिक्रिया