तत्काल शैनिक शासन लागु नभए नेपाल रहँदैन : डा. केबी रोकाया

मनिषा थापा

पिएनपिखबर : डाक्टर केबी रोकायाले नेपाल २००७ साल देखि नै बाह्य शक्तिको हातमा रहेको अभिव्यक्ति दिएका छन्। उनले नेपालका जनताको हितको लागि यो सरकारले काम गर्न नसक्ने बताएका छन्। सरकारबाट जे जति एजेण्डा आए ती जनताको आबश्यकता भन्दा बाहिरको मुद्दा रहेको उनले जनाए।

डा. रोकायाले धेरै वर्ष देखि बाह्य शक्तिको प्रभाब परेको देशमा भारतीय खुफिया प्रमुख आएर सरकारसँग भेट्नु कुनै अनौठो कुरा नभएको बताए।

क्रिस्चियन धर्म मान्ने भएत्ता पनि विगत ५ वर्ष देखि हिन्दु राष्ट्र स्थापित हुनु पर्छ भनेर अभियान नै चलाउदै आएका उनले नेपाल राष्ट्र रहनको लागि राजसँस्था, नेपाली सेना र हुन्दु राष्ट्र हुनु आवश्यक रहेको अभिव्यक्ति दिए। वर्तमान सरकारको साँचो देश बाहिर रहेको कारण नेपाल नै नरहने अवस्था आउँन सक्ने उनको भनाई छ। उनले नेपाली सेनाले नै देश बचाउन अघि बढ्नु पर्ने उनको धारणा छ।

बाँकी हेर्नुहोस भिडियो….

प्रतिक्रिया