थप १९ जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या ६०३ पुग्यो

admin

काठमाडौं, ११ जेठ : कोरोना भाइरसबाट नेपालमा सङ्क्रमित हुनेको संख्या ६ सय ३ पुगेको छ ।

आइतबार थप १९ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ४२ जिल्लाका पाँच सय २४ जना पुरुष र ७९ जना महिला गरी अहिलेसम्म ६ सय तीन जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको ज्यान गएको छ । कोरोना निको हुनेको संख्या ८७ पुगेको मन्त्रालयका डा. देवकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया