नक्कली डिएसपी पक्राउ

admin

काठमाडौँ, ३१ जेठ : नेपाल प्रहरीको डाक्टर प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्ने एक नक्कली डिएसपीलाई प्रहरीले प क्राउ गरेको छ। प्र हरीको पोशाक लगाएको फोटो फेसबुकमा राखेर आफूलाई नेपाल प्र हरीको डिएसपी हुँ भन्ने काठमाण्डौं तारकेश्वर नगरपालिका –६ का ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई अपराध महाशाखाको टोलीले प क्राउ गरेको हो।

तारकेश्वरमा भिक्टोरिया नामको फार्मेसी संचालन गरिरहेका ढुङ्गानाले नेपाल प्र हरीको कर्मचारीलाई सशस्त्र प्र हरीको डिएसपी र सशस्त्र प्र हरीको कर्मचारीलाई नेपाल प्र हरीको डिएसपी हुँ भन्ने गरेको महाशाखाले जनाएको छ।

उनको साथबाट नेपाल प्र हरीको बिभिन्न पदहरूको यूनिफम लगाएका फोटाहरु, डिएसपीको पोशाक र जर्सी बरामद गरिएको महाशाखाले जनाएको छ। उनको बारे आवश्यक अनुसन्धान भइरहेको र उनीबाट कोही पीडित भए खबर गर्न पनि महाशाखाले जनाएको छ।

प्रतिक्रिया