निवर्तमान सभामुख महराले पाए सफाइ

admin

काठमाडौं, ५ फागुन : संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्।

काठमाडौं जिल्ला अदालतले सोमबार फैसला गर्दै महरालाई सफाइ दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार सफाइ दिने फैसला गरेको हो । न्यायाधीश पौडेलको इजलासले महरालाई निर्दोष ठहर हो ।

अदालतमा उनीबारे आइतबार नै बहस सकिएको भएपनि फैसला आउन बाँकी थियो । त्यसका लागि सोमबार ११ बजे प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

महरा हात हल्लाउँदै र मुस्कुराउँदै इजलास कक्षतर्फ गएका थिए । अदालतले सफाइ दिएसँगै पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका छन् । महराले अदालत परिसरमा कुनै प्रतिक्रिया नदिई अदालतबाट बाहिरिने क्रममा गेटबाट सबै शुभेच्छुकलाई मुस्कानसहित अभिवादन गरेका थिए । 

जबरजस्ती करणीमा मुछिएपछि महरा असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए । महराविरुद्ध गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

महराविरुद्धको मुद्दामा आज फैसला हुँदै

 

प्रतिक्रिया