नेकपा सचिवालय बैठक बस्दै

तुलसी नेपाल

काठमाण्डौ – सत्तारुढ दल नेकपा सचिवालय बैठक आज बस्दैछ । शुक्रबार बस्ने तय भएको बैठक आइतबार (आज) पूर्व माओवादीको पार्टी कार्यालयमा पेरिसडाँडामा बस्दैछ । यसअघि सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो ।

एमाले र माओवादी केन्द्रबीच एकता हुँदा माउ पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही र भातृ संगठनको कार्यालय पेरिसडाँडामा राख्ने सहमति भएको भएको थियो । उक्त सहमति अनुसार केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक यसअघि धुम्बाराहीमा र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

तर यो पटक सचिवालय बैठक पेरिसडाँडामा बस्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको थियो । बुधबार दुई अध्यक्षबीच भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सचिवालय बैठक पेरिसडाँडामा राख्न प्रस्ताव गरेका थिए ।

सविचलाय बैठकमा विवाद समाधानका लागि गठित कार्यादलले बुझाएको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ । स्रोतका अनुसार आज बस्ने सचिलाय बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया