नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुग्यो

admin

काठमाडौं, २० जेठ : मंगलबार थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए ।

योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ । हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया