नेपालमा सङ्क्रमितको संख्या ७७२ पुग्यो

admin

काठमाडौं, १३ जेठ : मंगलबार थप ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या सात सय ७२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । कोरोना संक्रमण ४६ जिल्लामा पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयले १५५ जना स्वास्थ्योपचार पछि निको भएको पनि जनाएको छ ।

प्रतिक्रिया