पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या

admin

काठमाडौं, मंसिर १० :पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या आएको छ । चितवनमा रहेका शाहलाई बुधबार साँझबाट स्वास्थ्यमा समस्या आएको हो । उनलाई छातीमा समस्या देखिएको छ ।

मंगलबार साँझ नारायणगढस्थित एक होटलमा बसेका शाहलाई छातीमा समस्या देखिएपछि चितवन मेडिकल कलेजका चिकित्सकहरूले उनी बसेकै होटलमा उपचार गर्न सुरु गरेका छन् । परीक्षणको नतिजा आएपछि मात्रै शाहलाई के भएको हो भन्ने बारे थाहा हुने चिकित्सकले जनाएका छन् ।

शाहलाई अस्पतालमा ल्याउनुपर्ने अवस्था भए तत्कालै ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको छ। शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको हुनेसक्ने चिकित्सकहरूले बताएका छन् । यसअघि शाहलाई पटकपटक हृदयघात भएको थियो ।

प्रतिक्रिया