पूर्व राष्ट्रिय खेलाडी ‘नरी चन्द’को निधन

admin

भीमदत्तनगर, २ बैशाख : फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थे्रसिङ गर्ने क्रममा गए राति निधन भएको छ ।

फाइल फोटो

कञ्चनपुरको भीमदत्तनगरपालिका-५ बनगाउँका चन्दको ट्र्याक्टरले गहुँ थे्रसिङ गर्ने क्रममा पट्टामा बेरिएर घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए ।

म’तृक चन्दको श’व परीक्षणका लागि महाकाली अस्पताल पुर्‍याइएको छ । भने चालक र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया