प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

admin

महोत्तरी, २४ फागुन : प्रदेश नम्बर २ को सरकारले एक हजार पाँच सय २० छात्रालाई साइकल वितरण गरेको छ । सोमबार १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमको अवसर पारेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत निवास मधेश भवनमा एक हजार पाँच सय बीस छात्रालाई साइकल वितरण गरिएको हो । उक्त कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई समेत सम्मान गरिएको छ ।

सामुदायिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रालाई मुख्यमन्त्री राउतले साइकल वितरण गरेका हुन् । साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भएमात्र प्रदेशको विकास सम्भव रहेको बताए । यसकासाथै उनले प्रदेशभरिका सामुदायिक विद्यालयको कक्षा आठमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने तयारी रहेको बताए ।

यसअघि प्रदेश सरकारले २०७५/०७६ मा दुई सय ६१ विद्यालयका १४ हजार छात्रालाई साइकल वितरण गरेको थियो । प्रदेशका छोरीहरूलाई शिक्षित र सबल बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई अगाडि बढाएको मुख्यमन्त्री राउतको भनाइ छ ।

प्रतिक्रिया