प्रवीन ह’त्या प्र’करण : एक जना एक लाख धरौटीमा छुटे

admin

विराटनगर : मोरङको उर्लाबारीका प्रवीन बास्तोलाको ह’त्यामा संलग्न भएको आरोपमा प’क्राउ परेका एक जना धरौटीमा छुटेका छन्। रमेश गिरीलाई अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए।

धमालाका अनुसार न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उक्त आदेश दिएको दिएको हो। उर्लाबारी–६ का रमेश गिरीलाई जिल्ला प्र’हरी कार्यालय मोरङले आइतबाार उर्लाबारीबाट प’क्राउ गरेका थियो।

गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा सुतेकै रात उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय बास्तोलाको गत पुष ५ गते शं’कास्प’द अवस्थामा श’व भेटिएको थियो।

प्र’हरीले प्रवीनको ह’त्या आरोपमा ६ जनावि’रुद्ध मु’द्दा दायर गरेको थियो। सोही मुद्दाका प्रतिवादीहरू उर्लाबारी–६ का राजेश रणपहेली, सुदी परियार, दीपेश पौडेल र रमेश गिरी फरार छन्।

प्रतिक्रिया