प्रहरी देख्नासाथ १२ लाख बढी रकम छोडेर टाप !

admin

बारा, कात्तिक ३ : प्र’हरीले बारास्थित नेपाल-भारत सीमा क्षेत्रनजिकबाट १२ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ । सोमबार बिहान प्र’हरीले बाराको सिम्रौनगढ नगरपालिका-९, कचोर्वास्थित पिपराघाटबाट स्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५९५ रुपैयाँ बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित एक व्यक्तिले जिल्ला प्र’हरी कार्यालय बारा र प्र’हरीचौकी कचोर्वाबाट खटिएका प्र’हरीलाई देख्नासाथ आफूले बोकेको फाइबरको झोला छोडी फरार भएका थिए ।

त्यसपछि प्र’हरीले झोला जाँच गर्नेक्रममा विभिन्न दरका उक्त नगद बरामद भएको हो । बरामद रकम आवश्यक कारबाहीका लागि सोमबारै राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्र’हरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया