प्रेममा धोका पाएकी युवतीले आफ्नै प्रेमीको काटिदिइन् लिंग

मनिषा थापा

काठमाडौं : राजधानीको बौद्धस्थित प्रेममा धोका पाएकी एक युवतीले प्रेमीको लिंग काटिदिएकी छिन् । १९ वर्षकी एक युवतीले प्रेमीको लिंग काटिदिएकी हुन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार, युवतीले आफूहरुको प्रेम सम्बन्ध सफल नहुने देखेपछि उक्त कदम चालेकी हुन्।

२१ वर्षका उनका प्रेमी मकवानपुर घर भइ बौद्धमा बस्दै आएका थिए । उनले राजधानीको एक होटलमा काम गर्ने गरेको बुझिएको छ । युवतीको थर थिङ र युवकको थर सुनुवार भएको बताइएको छ । पीडित प्रेमीको चावहिलस्थित ओम हस्पिटलको आइसीयुमा उपचार भइरहेको छ ।

युवकको लिंग चुँडिन छाला मात्र बाँकी भएको बताइएका छन । युवक क्रिस्चियन र युवती बौध धर्मावलम्बी हुन् । एक वर्ष अघिदेखि प्रेममा रहेका उनीहरु थिए । युवकले आफ्ना परिवारले नमानेको भन्दै सम्बन्ध तोडेका थिए । त्यसपछि युवतीले अन्तिम पटक भेट्न बोलाएकी थिइन् । सोमबार बेलुकी भएको त्यही भेटमा घटना भएको हो । प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया