फेरि घट्यो सुनको भाउ ! कतिमा कारोबार हुँदैछ हेर्नुहोस

शर्मिला गुरुङ

काठमाडौँ, १३ मङ्सिर : आज साताको पाँचौं दिन अर्थात् बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

हिजो बुधबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि एक सय रुपयाँले घटेर बजारमा सुन प्रतितोला क्रमश : ५७ हजार ५ सय रुपैयाँ र ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ।

बुधबार बजारमा रु ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला पाँच रुपैयाँले बढेर ७०५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया