फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन : दाहाल

admin

काठमाडौं, २३ फागुन : नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको लागेको टिप्पणी गरेका छन् ।

संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिएका प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको बताएका हुन् ।

‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन,’ उनले भने, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’ सर्वोच्चले आइतबार फैसला गर्दै नेकपा पार्टी ऋषि कट्टेलको नाममा दिएको थियो ।

प्रतिक्रिया