काठमाडौं, २४ भदौ : बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलकाे पहिलाे हाफमा नेपालले दुई–शून्य गाेलकाे अग्रता लिएकाे छ ।
दशरथ रङ्गशाला भएकाे खेलकाे पहिलाे हाफमा नेपालका लागि सविता राना मगर र प्रीति राईले डेब्यु खेलमै गाेल गरे ।
सविताले खेलकाे १३ औँ र प्रीतिले २३ औँ मिनेटमा गाेल गरिन् । एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण खेल आउँदाे आइतवार हुनेछ ।