बलिउड नायिका सोनम कपुर : आफैंलाई आइसोलेशनमा राख्ने निर्णय लिइन्,

admin

काठमाडौं, ५ चैत : बलिउड नायिका सोनम कपुरले इन्स्टाग्राममा भिडियो सेयर गर्दै आफू श्रीमान् सहित भारत जान लागेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘म आफ्ना श्रीमान्सहित भारत जाँदै छु । घर जान म निकै आतुर छु । लभ यू अल ।’ भारतको एयरपोर्टमा ल्याण्ड गरेपछि उनले भारतीय सरकार र कोरोनाविरुद्ध लड्नका लागि अपनाइएको तयारीको तारिफ पनि गरेकी छिन् ।

सोनमले भनिन्, ‘एयरपोर्टमा मेरो विभिन्न स्थानमा परीक्षण भयो ।’ एयरपोर्टबाट घर पुगेपछि सोनम परिवारसँगै बसेकी त छिन् तर आफूले आफैंलाई आइसोलेशनमा राख्ने निर्णय लिएकी छिन् ।

आजकाल धेरैजसो मानिसहरु भाइरसबाट बच्नका लागि आफ्नो घरमै बसिरहेका छन् र भीडभाडयुक्त इलाकामा सकेसम्म जान अस्विकार गरिरहेका छन् ।

प्रतिक्रिया