बुद्धिमानलाई आयो कोरियादेखि यति ठुलो सहयोग, अहिलेसम्म कति रकम उठ्यो ? [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। भारतको सिमलाबाट दुई हात र एक खुट्टा गुमाएर आएका बुद्धिमान कुवंरको भारतको सिमलामा लेवरी काम गर्दै गर्दा उनले बोकेको सरीयाले विद्धुतीयको तारमा छुन पुग्दा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमेको थिए । घरको आर्थिक अवस्था कमजोर भएको कारणले उपचारमा समेत समस्या भएको उनले बताएका छन् ।

उपचारकै लागि कुवंर परिवारले ६० हजार रुपैयामा आफनो थोरै बारी समेत बिक्रि गरिसकेका छन । आफुलाई दिशा पिसाव आवतजावत गर्न सक्ने सम्मको उपचारका लागि सहयोग गरिदिए औधि खुशि हुने उन्को भनाई छ ।

२३ बर्षका बुद्धिमानका एक श्रीमति र ४ बर्षिय छोरा छन् । उनलाई अझै उपचारको लागि पैसाको आवश्यकता रहेको छ । बुद्धिमानलाई सहयोग गर्नको लागि ९८८०३९६४५२ मा सम्पर्क गर्न सकिने पारीवारीक श्रोतले जनाएको छ । उनको अबस्था देखेर सामाजिक सञ्जालमा समेत उन्का सुभचिन्तकहरुले सहयोगको याचना गरेका छन । कतिले सहयोग पनि गरिसकेका छन्।

धेरै थोरै गरेर उनलाई उपचारखर्च जुट्ने क्रममा नै छ। सहयोगकै शिलशिलामा विगत साँढे चार वर्ष देखि कोरियामा आफ्नो रगत पसिना बगाइरहेकि नेपाली चेली समाजसेवी इन्दु राईको पहलमा, मदन राई, मोनिका श्रेष्ठ, शृजना तामाङ, महेश राजवंशी, आशीष वसाल र हर्क राईले उनलाई १५ हजार सहयोग रकम पठाउनु भएको छ जुन पत्रकार शर्मिला गुरुङ मार्फत बुद्धिमानलाई भर्खरै मात्र हस्तान्तरण गरिएको छ। कोरियामा बस्ने नेपाली दाजुभाई दिदीबहिनीले आफ्नो खर्चबाट केहि रकम कटौती गरेर बुद्धिमानको अवस्थामा मलम लगाउन सोहि सहयोग पठाउनु भएको हो ।

यस्तै सहयोग तपाईले पनि गर्न जरुरत छ। भए धेरै नभए आफ्नो गक्ष अनुसार जति सकिन्छ त्यति सहयोग गरेर यहाँहरु सम्पूर्णले आफ्नो सहयोगी हात अघि बढाईदिनु हुन हार्दिक अनुरोध गरिन्छ। सके आर्थिक सहयोग नसके यो समाचार शेयर गरेर भए पनि सहयोगी मन सम्म पुराईदिनुहुन हार्दिक अनरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू