बुधबारदेखि खुल्लामञ्चमा पार्किङ गर्न नपाउने

मनिषा थापा

काठमाडौं : काठमाडौं महानगरपालिकाले यही माघ १ गते (बुधबार) देखि खुलामञ्चमा पार्किङ गर्न नदिने भएको छ । महानगरपालिकाले गत शनिबार भएको अकुपाईं टुँडिखेलको कार्यक्रम अन्तर्गत अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा सूचना टाँस गरी पार्किङ गर्न नदिने निर्णय गरेको हो।

काठमाडौं महानगर वडा २८ ले जारी गरेको सूचनामा उल्लेख छ,’आउँदो माघ १ गतेदेखि यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरिने सम्पूर्णमा सूचित गर्न चाहन्छौं

प्रतिक्रिया