भारतमा एक करोड चोरी प्रकरणः कांग्रेसका स्थानीय नेता पक्राउ

admin

कैलाली, माघ ४:  नेपाली कांग्रेसका एकजना स्थानीय नेता कैलालीको धनगढीबाट पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीमा एक करोड रुपैयाँ बढी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा पदम नेपाली पक्राउ परेका हुन् । नयाँदिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट एक करोड चार लाख बढी नगद र गरगहना चोरी भएको थियो ।

सोही घटनाका सम्बन्धमा उनलाई शनिबार बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसको भातृसंगठन दलित संघका पूर्वकेन्द्रीय सदस्य हुन् । उनले धनगढीमा ‘इन्स्टिट्युट’ सन्चालन गर्दै आएका छन् । रकम चोरीको घटनामा ६५ लाख भारुसहित तीनजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–२ की बिन्दा थापा, बाजुराको बूढीगंगा गाउँपालिका–१ का जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई प्रहरीले पक्रेको थियो । उनीहरुलाई संरक्षण गर्ने कार्यमा नेपालीले भूमिका खेल्दै आएको देखिएपछि पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

प्रतिक्रिया